कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामा

समाचार

कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामाकुनैबैला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपेको देश अब लोडसेडिङमुक्त बनेको छ । नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङको नेतृत्वमा नेपाललाई लोडसेडिङ्ग मुक्त देश बनाउन सफल भएको हो ।प्राधिकरणले औद्योगिक क्षेत्रमा हुँदै आएको दैनिक तीन घण्टा लोडसेडिङ हटाएसँगै मुलुक लोडसेडिङ “फ्रि जोन” भएको थियो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तर अहिले फेरि बत्ति जान थालेको छ । कुलमानको बहिर्गमनसँगै लोडसेडिङ शुरु हुने धेरैले अनुमान गरेका थिए । अहिले लोडसेडिङ नै नभने पनि बेलाबेलामा बत्ति गइरहने भएकाले जनता फेरि आजित हुन थालेका छन् ।नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले देशमा लोडसेडिङ शुरु हुन लागेको र जेनेरेटर माफियाहरु सलबलाउन थालेको भन्दै आक्रोश पोखेका छन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लामाले शनिबार फेसबुकमा एक स्ट्याटस लेख्दै देशमा लोडसेडिङ हुन थालिसकेको र त्यसो क्रम बढ्दो क्रममा देखिएको बताएका हुन्।नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङका पालामा सुक्खा याममा पनि लोडसेडिङ नभएको उल्लेख गर्दै लामाले प्रकृति र भाग्यले मात्र कुलमानलाई साथ दिएको हो त ? भनेर प्रश्न समेत गरेका छन्।जेनेरेटर माफियाहरू सल्बलाएर जनतालाइ पुरानै ठाउँमा पुर्‍याउँदैनन् भन्न नसकिने उनको भनाई छ। त्यस्तो अवस्थामा पुग्न धेरै समय नलाग्ने पनि लामा बताउँछन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लामाले फेसबुकमा लेखेका छन् –

फेरि लोडसेडिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधि बढाउँदै जाँदै छ ! कारण देखाउँदा सुक्खा याम भएकाले पानीको सतह घटेर भन्ने गछ्रन्, विद्युत् प्राधिकरणको हाकिम साबले !!!के कुलमान घिसिङको पालामा चाहिँ सुक्खा याम लागेन, अनि पानी टनाटन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई???

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरू सल्बलाएर आउँदैनन् अनि जनतालाइ पुरानै ठाउँमा पुर्‍याउँदैनन् भन्न सकिन्न !!! यही चालाले पुर्‍याउन समय लाग्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *