शरीर पुरै जलेको ,पेटभरि खान नपाएको कति भयो,आमा रुदैरुदै यशो भन्नुहुन्छ (भिडियो हेर्नुस्

समाचार

दुखले हरेक चोटि चुनौति दि रहेको हुन्छ ।दुखले जिन्दगी जिउन सिकाइरहेको हुन्छ ।दुख नगरि सुखको परिकल्पना पनि नगर्दा हुन्छ तर जिन्दगी भरिनै दुखै दुख को पीडा भने ४५ बर्षिय सीता परियारलाई मात्रै थाहा छ ।
पोखरा बेगनास तालको किनारामा छ सीता परियारको निवास ।पुरै शरीर जलेको र मागेर बिहान बेलुकाको छाक टार्ने उनको कथा एकदमै दर्दनाक छ ।भुडिभरि समेत आफुले कहिले पनि खान नपाएको बताउँछिन् सीता                                                                                                                                                                नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद डा. भीम बहादुर रावलले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने भनेर गरेको निर्णय आफूले नमान्ने स्पष्ट पारेका छन्। उनले पार्टीको उक्त निर्णयलाई आफूले पूर्णतः अस्वीकार गर्ने स्पष्ट पारेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुषाल, नेता सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
शनिबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले यस्तो लेखेका छन्-                                                                                            अभिनेत्री मौसमी मल्ललाई मा’तृ शो’क परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा नि’धन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे नि’धन भएको हो ।
आइतबार दिउँसो पिठुवा आ’र्यघा’टमा गरिएको अन्त्ये’ष्टि’मा अभिनेत्री मल्लले आफैले दा:गब’त्ती दिएकी थिइन् । उनले बुबा चोप बहादुर सेनको अन्त्ये’ष्टि’मा पनि दा’गब’त्ती दिएकी थिइन् । उनी घरको एक्ली सन्तान हुन्

ठमाडौ। कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन्– मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ । उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो ।

तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । म भूकम्प गएको सपना देखिरहन्छु तीन दिनअघि पनि देखेकी थिएँ ।

सपनामा खाट हल्लिएजस्तो लाग्छ, आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन्, त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ ।भूकम्पको सपना उनी प्रायः बिहानपख देख्छिन् । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् ।

बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ, तर देखिरहन्छु, उनी भन्छिन् ।०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङमिरिङ देखिन्थे ।गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।

रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा मज्जा लाग्यो । तर धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । एक्कासि हावा चलेजस्तो लाग्यो उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई थाहा छैन ।

होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ,उनलाई । खुट्टा चलाउन खोजिन्, तर सकिनन् ।

खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँ’चिएको थाहा पाउन उनलाई धेरै बेर लागेन ।ला यस्तो भयो, अब ममी–ड्याडीले मा’र्नुहुन्छजस्तो लाग्यो, एकदमै ड’र लागेको थियो, ’त्यो घटना सम्झिँदै उनले भनिन् ।एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्‍यायो ।कसले लग्यो उनलाई अझैसम्म थाहा छैन ।

साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँ’च्न सफल भएको उनलाई थाहा भयो । त्यसपछि यति धेरै खुसी भएँ कि भन्नै सक्दिनँ, धरहराबाट खसेर पनि बाँ’चेको कुराले मलाई दोस्रो जुनी पाएजस्तै लाग्यो,उनले सुनाइन् ।

भूकम्पपछिको एक वर्ष भने सुखद रहेन, उनको । भाँ’चिएको खुट्टा नि’को भएन । दुवैतर्फ काखीमा वैशाखी च्यापेर जसोतसो घरवरपर डुल्न त सक्थिन्, तर धेरै टाढा हिँड्न सकिनन् । खुट्टामा राखेको स्टिल ह’ल्लिन थालेपछि उनलाई अब कहिल्यै खुट्टा निको हुँदैन जस्तै लाग्यो ।

मेरो अ’प्रेसन बि’ग्रिएछ, हिँड्दा खुट्टामा राखेको स्टिल ’हल्लिन्थ्यो, डाक्टरले ६–७ महिनामा निको हुन्छ भनेका थिए, तर नि’को भएन, उनले भनिन्, त्यो एक वर्ष म रोईरोई बाँचेँ, नरोएको दिन नै हुँदैनथ्यो ।एक वर्षपछि उनलाई निको भयो । काखीबाट वैशाखी उ’त्रियो ।त्यसपछि भने उनलाई विछट्टै खुसी लाग्न थाल्यो ।

भाग्य’ले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । ‘यत्रा मान्छे मर्दा पनि म बाँचेकी छु, जीवनमा केही गर्नैपर्छजस्तो लागेको छ,उनी भन्छिन् ।घा’इते भएर उनी एक वर्ष ओछ्यान परिन् । पढाइ छुट्यो, साथीहरू छुटे । भूकम्प जाँदा १७ वर्षकी उनी रामेछापकै सेतीदेवी उच्च माविमा ९ कक्षामा पढ्दै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *