नेेपालमा हिटलरको उदय भयो : बाबुराम भट्टराई

समाचार

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताउँदै त्यसबारे सबै सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले सो कुरा बताएका हुन् । पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उनको जिकिर छ ।उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !!                                                                                                                एक्कासी धनी भएपछि के गर्नुहुन्छ भनेर कसैले सोध्यो भने हरेक मानिसले यो गर्छु, त्यो गर्छु भनिहाल्छन् । अचानक धनी भएका मानिसको अनुभवबाट प्रायः हरेक मानिसले अनौठा काम गर्ने देखिएको छ । तपाई पनि यिनै काम गर्छु भन्नुहुन्छ होला, होइन त ?१. मानिसले धनी हुने बित्तिकै गरिरहेको कामलाई चटक्कै छोडिदिन्छन् । काम छोडेपछि समयमा अफिस जान पनि परेन । यो भएन, त्यो भएन भनेर हैरान पार्ने हाकिमको गाली पनि खानुपरेन । र, सँगै काम गर्ने मानिसले दिने तनावबाट पनि मुक्त हुन पाइयो ।२. हरेक मानिसलाई आफूले मन पराएको ठाँउ घुम्ने प्रकट इच्छा रहेको हुन्छ तर पैसाको अभावमा त्यो इच्छा इच्छामा नै सिमित भएको हुन्छ । त्यसैले धनी हुने बित्तिकै मानिसले गर्ने अर्को काम भनेको आफूलाई मन परेको ठाँउ घुम्न जानु हो ।
३. धनी भएपछि आफूलाई निकै मन परेको तर पैसा नभएर किन्न नसकेको जुत्ता किन्छन् । पसलमा गएर मूल्य नै नसोधी सिधै किनिहाल्छन् । त्यस्तै धनी भएपछि नजिकका साथीभाइ, आफन्त तथा इष्टमित्रलाई पनि केही न केही किनिहाल्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *