बंगलादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी, एक हजार बढी घर जलेर नष्ट

समाचार

१० चैत, एजेन्सी । बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् ।बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् ।यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले बताएका छन्। यो वर्षको जनवरीमा पनि आगलागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए ।तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । पछिल्लो समय बंगलादेशको सरकारले केही रोहिङ्ग्या शरणार्थीलाई एउटा टापुमा शिविरहरु बनाएर बसोबासको व्यवस्थासमेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *