कोरोनाले ब्राजिलमा एकै दिन ३ हजारको मृत्यु

समाचार

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २ सय ५१ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । बुधबार साँझसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ६ सय ७६ पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर बोल्सोनारोले आफ्ना कदमको बचाउ गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *