रेशम चौधरी मन्त्री बन्ने ! पुरा पढनुहोस

समाचार

काठमाडौं। पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको वि भत्स ह त्या भएको घटनामा अदालतले दोषी ठहर्याएका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल आज माइतीघर मण्डलामा रेशम चौधरीको रिहाईको माग गर्दै जारी धर्नामा पुगेर त्यस्तो संकेत गरिसकेका छन्।बादलले मागप्रति सरकार सकारात्मक भएको र तत्काल वार्ता कमिटी बनाउन भनेका छन् । सरकारले पनि वार्ता कमिटी बनाएर अगाडि बढ्ने तयारी गरेको छ । चौधरीको मुद्दा फिर्ता लिएर रिहाई गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक भएका छन् । उनले जसपा नेतृत्वसँग पटक पटक यस विषयमा संवाद गरी प्रतिवद्धता जनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *