रुकुम पश्चिममा डोजर पल्टिदा 1 जानाको मृत्यु !

समाचार

सानीभेरी गाउँपालिका ९ को सुलिहालेमा लोडर पल्टिदा १ जनाको घटना स्थलमै मृत्यू भएको छ । मृत्यू हुनेमा कैलाली गोदावरी नगरपालिका वडा नं ४ का अन्दाजी २२ वर्षका सन्तोष बुढामगर रहेका छन् ।

दिवा चन्दा एण्ड बशन्त जेभीले निर्माणा गरि रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको हासिबाङ चौरजहारी सडकखण्डको निर्माण कार्यमा प्रयोग भैरहेको बा २ क ९८८३ नम्बरको लोडर भिरालो ठाउँमा खानाखने क्रममा रोकिराखेको र सहचालक सन्तोष बुढामगरले स्टार्ट गर्न लाग्दा एक्कारी गुडेर करिब ५० मिटर तल सानीभेरी नदिमा उल्टो अवस्थामा परेपछी च्याप्पिएर उनको मृत्यू भएको सिम्ली प्रहरी चौकी इन्चार्ज तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रहरीले सवको मुचुल्का गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पत्ताल सल्लेमा लैजाने तयरी भइरहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *