बेनीको बजार, जता माया उतै छ नजर … गीतका गायकको निधन

समाचार

काठमाडौँ । सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। चर्चित लोक गीत ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक श्रेष्ठको विहीवार निधन भएको हो।जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो। ‘बेनीको बजार, जता माया उतै छ नजर‘’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *