घरमा श्रीमती हुँदा-हुँदै परस्त्रीलाई श्रीमती भन्न सक्ने केटाहरु प्रती घृ’णा लाग्छ”! पुरा पढनुहोस

समाचार

भनिन्छ मानिसको जीवनमा सुख दुख आउँछन् जान्छन् । मानिस सधै भरि सुखी पनि हुदैन् र दुखी पनि हुदैन् न अजम्बरी हुन्छ मान्छे त् नासिक हो । जिवनमा आएका आरोह अबरोह अनेक स्मरणीय यात्रा जुन मेरो लागि अझै कापी छन । मान्छेको जीवन पुर्ण छैन । मान्छे अनेको कुराको खोजिमा हुन्छ सन्तुष्टि कहिले हुन सक्दैन मान्छे । हिजोसम्म एक छाक टार्नको लागि दु:ख गरेर बसेको मान्छे दुई छाकसम्म पुर्याउछ ।

एकले अर्कोलाई न चिन्ने ठाँउ रहेछ। एक घरमा मान्छे म’रेर सोकमा डुबेको बेला संगैको घरमा बिहेको भोजमा रमाउन सक्दा रहेछ्न मलाई अत्यास लाग्न थाल्यो

अझै सन्तुष्टि हुदैन दिनमा सात पटक भोजन गर्नको लागि दौडिरहेको हुन्छ । असम्भव त केही छैन सम्भव छ । गोर्खा जिल्ला आरु चनौटेमा जन्मिएकी म । मध्यम परिवार त्यही माटोमा हुर्किए,कति पटक चिप्लिए,गाउँ कै स्कुलमा क ख रा पढे,मेलापात सकेसम्म गरे पनि। घरकी जेठी छोरिको रुपमा जन्मिएकी म मेरो छरछिमेक,आमाबुबा ,दाजुभाइ दिदिबहिनीबाट भने साथ सपोर्ट र अथाह माया अनि प्रेरणा पाएकी छु । सायद त्यसैले होला जता गए पनि मलाई मायाको कमि हुदैन । मान्छेको जीवन गतिशील छ । अनेक दु:ख,सुख झेल्दै बाचेको हुन्छ मान्छे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अनेक संघर्ष गरेर अगाडी बढेको हुन्छ मान्छे । स्कुल जीवन गाउँ मै बिताएकी म केही आशा अभिलास बोकेर २०६९ सालमा राजधानी छिरे म। म गाउँमा जन्मिएकी ,हुर्किएकी भएर होला सायद काठमाडौमा त्यति चाडैं घुलमिल हुन सकिन केही समय मलाई सकस भयो । एकले अर्कोलाई न चिन्ने ठाँउ रहेछ। एक घरमा मान्छे म’रेर सोकमा डुबेको बेला संगैको घरमा बिहेको भोजमा रमाउन सक्दा रहेछ्न मलाई अत्यास लाग्न थाल्यो । सवै बिरानो लाग्यो एउटै घरमा कोठा पिच्छे फरक अनुहार देख्न थाले बोलचाल कमै हुन्थ्यो । सवै आफ्नो काममा दौडिरहेका हुन्थे त्यही बिचमा म एक्लै महसुस गरिरहेकी थिए ।

छोरा मान्छेमा जति बाहिर हेर्दा चमक भलाद्मी देखिन्छन भित्र त्यो भेटाईन मैले सवै छोरा मान्छे गलत हुन भनेकी पनि हैन

मेरो काम थिएन दिउँसो एक्लै बस्थे कोठामा दाइ भाउजू काममा जानुहुन्थो । बिस्तारै बुझ्दै गए काठमाडौ म मा पनि केही आशा पलायो मनमा । अरुले अफिस भनेको सुन्दा मलाई अनि अफिसको भुत चढ्यो । काम खोज्न तल्लिन भए । खोज्दै जादा काम पनि पाए । मलाई कामको केहि अनुभव थिएँन । सानो काम पाएसी म पनि त् अफिस धाउन थाले ।

बल्ल सिके मैले जिवनमा संघर्ष गर्न र जिवनको महत्व बारे । यात्रा गर्दै जादा अनेक थरीका मान्छे भेटाए मैले पाईला-पाईलामा सहयोग गरिदिने बाहानामा बाजि मार्ने दाउमा अनेक अंकुरा पालेर बसेका हुँदा रहेछन । मलाई एउटा पाठ सिकयो समयले सिक्ने र नितान्त नजिक भएर बुझ्ने मौका पाए मैले । छोरा मान्छेमा जति बाहिर हेर्दा चमक भलाद्मी देखिन्छन भित्र त्यो भेटाईन मैले सवै छोरा मान्छे गलत हुन भनेकी पनि हैन । मान्छेको विवेक हराईसकेको छ ।

छोरी मान्छे भेटाउने बित्तिकै गलत निहेतले आँखा गाड्ने छोरा मान्छेको चेतना कहिले आउँछ । मान्छेको मनमा माया दया हुन्छ तर पीडा पनि हुदोरहेछ । जबसम्म छोरा मान्छेको चेतना पलाउदैन तब सम्म छोरी मान्छेले उन्मुक्ति पाउदैन । समस्या नै समस्याले झेलिएको काठमाडौमा छोरी मान्छे बाच्न सजिलो भने छैन छोरा मान्छेको राक्षसी निहेत जबसम्म हटाउन सकिदैन तबसम्म म यात्रामा रहने छु कति छोरा मान्छे चिनिसकेकी छु कति चिन्ने अवसर कुर्दै अझै बसेकी छु ।

खबदार ! “छोरी मान्छे बिलासी र खेलौना हैन त्यही छोरी मान्छेबाट जन्मेका छोरा मान्छे दस धारा दूध चुसेर हुर्केका बिर्सेका हुन क्यारे ! ” घरमा श्रीमती हुदाहुदै पर स्त्रीलाई स्वास्नी भन्न सक्ने छोरा मान्छेको निहेत देख्दा मलाइ घृणा जागेर औउछ । छोरी मान्छे गलत कि छोरा मान्छे गलत ? गरिबी र बाध्यताको मौका छोपेर ताली बजाएर हिड्न सक्ने पनि भेटेकी छु । चिल्ला कुरा र एक कप चियामा बिकाउन खोज्ने छोरा मान्छेको निहेतलाई म चुक्न दिन्न चियो चर्चो गरेर बसेकी छु माफी गर्दिन ।

सपूत मसंग छ । म मेरो धरातल बिर्सिन्न र मेरो परिवारले दिन्न पनि जुन समाजमा हिजो मेरा बाजे आज बाउआमा जुन इज्जतले जसरी बाचेका छन म पनि त्यहीँ समाजमा बाच्न चाहान्छु । स्वतन्त्र भएर बाच्न मन त सबैलाई हुन्छ सबै म जस्तै नारी हुन मेरो जस्तै मन छ उनिहरुको जस्तै मेरो पनि मन छ । दुख पर्दा मेरो पनि आखाबाट आँसु झर्छन

काम गर्ने सिलसिलामा धेरै हण्डर पनि खाए रमाए पनि देख्दा म जति खुसी छु खुसी देखेका छन चमक देखेका छन ममा तर पीडा च्यापेर बसेकी छु । छोरा मान्छे गलत हैन नियत गलत हो । मान्छेले मान्छे चिन्न छोडिसके सद्भाव छैन । बेला-बेला आत्तिन्छु म । मनमा अनेक कुरा खेल्छन अनि काउकुती लाग्छ । हिंस्रक पुरुषको अगाडि म भैदिएको भए त्यो नारी म भैदिएको भए म बदल्छु म बदलिन चाहान्छु । कानुन छ पालना हुँदैन । मेरो देश गरिब छ तर मान्छे गरिब छैन मेरो देशमा ।

भाग्य संजोग भनु या त समयले मलाई अर्को बाटोमा डोहोर्यो मैले लगभग पहिले काम गरेको १ वर्ष पछि फेरी अर्को अफिसमा जोडिन पुगे । फेरी मैले अरु झन् अनुभव बटुल्न पाए यो अफिसममा पनि मैले धेरै समय काम गरिन तर समय र परिस्थितिसंग नजिक हुन् झन पाए त्यस पछी म अलि फरासिली भैसकेकी थिए । मेरो एक जना दाईले फेरी मलाई अर्को चुनौतिको बाटो सम्हाल्न दिनु भयो । कति दिन अफिसको काम गरेर बस्छौ अब आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *