इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ को मृत्यु, १५६ जना घाइते

समाचार

शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोहाग प्रान्तको तहता सहरमा दुईटा रेल आपसमा ठोकिएपछि रेलका डिब्बाहरू पल्टेका हुन् । लुक्सोरबाट अलेक्सान्द्रिया जाँदै गरेको रेल कायरोबाट अस्वान जाँदै गरेको रेलसँग जुधेको हो । घटनास्थल राजधानी कायरोबाट करिब ३ सय ६५ किलोमिटर टाढा पर्छ । घटनाबारे अनुसन्धान गर्न एक प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रपति अब्दुल फताह अल–सिसिले घटनाप्रति जिम्मेबारलाई कडा दण्ड दिइनुपर्ने बताएका बीबीसीले उल्लेख गरेको छ । ‘यस्तो दुखदायी दुर्घटना जो सुकैको बेवास्था, भ्रष्टाचार वा अन्य अनियमितताका कारण भएपनि त्यसलाई तुरुन्त कडा दण्ड दिनैपर्छ,’ उनले ट्वीट गरेका छन् ।
घटनालगत्तै उक्त स्थानबाट ६५ वटा एम्बुलेन्सले घाइतेलाई अस्पताल पुर्‍याएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *