ओलिले मलाई घुँडा टेकाएरै छोडे : माधव नेपाल

समाचार

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना लागि पार्टीको ढोका बन्द भएको बताएका छन्। बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले भने, ’तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ढोका बन्द गरिएको छ। पार्टीभित्र लोकतन्त्र नहुँदा म चिन्तित छु। तर कठोर निर्णयका लागि, चुनौती सामना गर्न तयार छु।’

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् ।

रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ । गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक सङ्गठनले आवासको राम्रो व्यवस्थासहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *