प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा दुई भेटवार्ता

समाचार

प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। आइतबार सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो। संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *