श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

समाचार

पोखरा । पोखरामा मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । देवबहादुर विक​ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाइते भएकी आफ्नी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराएर घरमा लगेको थिए । तर, आइतवार बिहान घाइते विक अचेत भएपछि पुनः उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनापछि मृतकका श्रीमान देवबहादुर विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *