मञ्चवाटै नारायणकाजीले थर्काएपछि भावुक भए ऋषी धमला, आँखाभरी आँशु पारेर यस्तो भने (भिडियो हेर्नुस्)

समाचार

काठमाडौं । नेकपा आन्दोलनरत समुह (प्रचण्ड( नेपाल) का नेता नारायणकाजी श्रेष्ठले मञ्चवाटै हप्काएपछि पत्रकार ऋषि धमलाले त्यसको प्रतिकृया दिएका छन् ।

उनलाई बुधवारको कार्यक्रममा नेता नारायणकाजीले मञ्चवाटै उनको नामै लिएर हप्काएका थिए । उनलाई त्यसरी सार्वजनिक हप्काउँदा पनि कुनै प्रतिकृया नदिने धमलाले बताएका छन् ।

उनले त्यो कुरालाई मनमा नलिएको बताएपनि उनी भावुक भने भए । उनले सार्वजनिक स्थानमा नेताले सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

जनताको नेता भएकाले त्यो कुरालाई ख्याल राख्नुपर्ने उनको तर्क थियो । उनले नारायणकाजीसंग आफ्नो राम्रो सम्बन्ध भएको र त्यो कुरालाई चर्चामा ल्याउन नचाहेको बताए ।

उनले आफु कार्यक्रममा पुग्नासाथ त्यहा भएकाहरु आफुतिर आकर्षीत भएको र कसैले सेल्फी खिच्न त कोही नारा समेत लगाउन थालेपछि नारायणकाजीलाई आफ्नो सभा नै विथोलिन्छ की भन्ने लागेको हुनसक्ने उनको भनाई छ ।

नारायणकाजीले भाषण गरिरहँदा पत्रकार दिर्घामा केही हल्ला हुन्छ । उनले पत्रकार साथीहरु त्यहाँ हल्ला नगर्नुस भन्दै आग्रह गर्छन । तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्रकार साथीहरु तपाईहरु चुप लाग्नुस् हल्ला नगर्नुस भन्छन् ।

‘पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं। त्यसैले तपाईंहरू चुप लाग्नुस। सुन्नुभो ? धमलाजी तपाई अर्को कार्यक्रम नगर्नुस्। चुप लाग्नुस्’,

श्रेष्ठले भने’ ‘धमलाजीले राम्रै काम गरिरहनु भएको थियो। जनसमुदायको अन्तर्वार्ता लिइरहनु भएको थियो। तर, यो काम पछि गर्नुहोला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *