३६ लाख ५५ हजार कित्ताको नयाँ आईपीओ आउदै !

समाचार

बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सर्वसाधरण शेयर आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्न यस हाइड्रोपावरले नियामक निकाय धितोपत्र बोर्डसँग फागुन २५ गते अनुमति मागेको छ ।

बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई र बाँकी १८ लाख २७ लाख ९७० कित्ता शेयर सर्वसाधारणका लागिनिष्काशन गर्ने जानकारी दिएको छ ।

वाग्मती प्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युतआयोजनाअहिले निर्माणको चरणमा रहेको छ । आयोजनाको कम्पनीको कुल लागत ६ अर्ब ७८ करोड रहेको छ ।

जसको प्रति मेगावाट लागत १६ करोड ९० लाख रहेको छ । लगानीफिर्ता ८ वर्ष २ महिनामा हुने छ । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *