दुःखद खबर; सवारी दु’र्घटनामा, ८२ जनाको मृ’त्यु

समाचार

झापा । झापामा १३ महिनाको अवधिमा सवारी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ । गत वर्षको फागुनदेखि यस वर्षको फागुन मसान्तसम्म सात सय ५८ सवारी दुर्घटनामा ७४ जना पुरुष र ८ जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ती दुर्घटनामा दुई सय ५३ पुरुष र ५५ महिला गरी ३०८ जना सख्त घाइते भएको कार्यालयले जनाएको छ । ५०८ स्थानमा भएको दुर्घटनाबाट तीन सय ९६ जना पुरुष र ९४ जना महिला सामान्य घाइते भएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छ । सो अवधिमा चार सय ६५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै बस २६, ट्रक ४६, जिप तथा कार ६९, ट्रयाक्टर ३६, टेम्पो ३७, ठेला रिक्सा लगायत शारीरिक श्रमबाट चलाइने साधन ७१ र अन्य आठवटा छन् ।
सबैभन्दा बढी दुर्घटना पुस महिनामा भएको छ । गत पुसमा एक सय ६४ वटा सवारी साधन दुर्घटनामा परेका छन् । सडक साँघुरो र खराब हुनु, चालकले चरम लापरवाही गर्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, रातको समयमा लाइट डिम नगर्नु आदि दुर्घटनाको मुख्य कारण भएको कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *