कोरनाले एक दिनमा 34 सयको मृत्यु । पुरा पढनुहोस

समाचार

काठमाडौँ — ब्राजिलमा कोरोना संक्रमण तीव्र बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा थप ८५ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाले एकैदिन ३ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो । यसअघि ब्राजिलमा बुधबार एकैदिन ३ हजार २ सय ५१ जनाको कोरोनाले मृत्यु भएको थियो । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ९० हजार नाघेको छ । त्यस्तै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख १० हजारभन्दा बढी नाघेको छ । ब्राजिलमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड ९ लाख निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *