माेटरसाइकल दुर्घटना हुदा ३२ वर्ष का सन्जयकाे मूत्यु

समाचार

सुनसरी । सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका-१० स्थित नहरचोकमा सोमबार दिउँसो १:४५ बजेतिर को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

सोक्रममा गम्भीर घाइते भएका को४प ६११२ मोटरसाइकलका चालक गढी गाउँपालिका-२ सकबारेका ३२ वर्षीय सञ्जय चौधरीको उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

चौधरीको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।-फाइल तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *