सडक दुर्घटनामा ३१ वर्षीय गायक दिलजानको निधन

दुखत खबर

सडक दुर्घ टनामा चर्चित पंजाबी गायक दिलजानको मृत्यु भएको छ। सोमबार राति करिब २ बजे अमृतसरको जन्डियालामा अत्याधिक गतिमा गुडेको उनको कार अनियन्त्रित भएपछि नि धन भएको हाे । ३१ वर्षीय गायक दिलजानको कार सडकमा पार्किङ गरिएको ट्रकसँग ठ क्कर खाँदा घटनास्थलमै मृत्यु भएको हो।

Ads by AdMana.net
दिलजानको दुर्घटनापछि केही मानिसले उनलाई अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको नि धन भइसकेको डाक्टरहरुले बताएका छन् ।

दिलजान सन् २०१२ मा संगीत रियालिटी शो ‘सुर क्षेत्र’मा दोस्रो बनेपछि चर्चामा आएका थिए। दिलजानको नि धनमा पंजाबका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहले सडक दुर्घटनामा युवा गायकलाई गुमाउनु परेको भन्दै शोक व्यक्त गरे।

उनको असामयिक नि धनपछि सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले समवेदना व्यक्त गरेका छन्। दर्जनौं चर्चित पंजाबी गीत गाएका दिलजानले केही भजन पनि गाएका छन्।

याे पनि पढ्नुहाेस्ः
नाम पछाडिको शब्दका आधारमा कहिलेसम्म विभेद खेप्ने?

जन्म मेरो धनकुटामा भएपनि बाल्यकाल काठमाडौँमा बित्यो। काठमाडौँमा हुँदाको परिचय बेग्लै थियो, नाम थर नै बेग्लै। म सम्झन्छु, दशैँमा घर र मामाघर गएको बेला हुने विभेद। विष्टको छोराछोरीलाई ‘तँ’ भनेर सम्बोधन गर्नु हुँदैन भन्नु हुन्थ्यो हजुरआमा तर उनीहरूले ‘तँ’ भन्दा पनि फरक पर्दैन थियो।

थाहा थिएन किन हो? होटेलमा खाएपछि चियाको गिलास हजुरआमाले पानीले पखालेर ढोकामा राखिदिनु हुन्थ्यो। थाहा थिएन त्यति बुढी हजुरआमालाई पनि भर्खरको केटोले दमेना भनेर किन बोलाउँथ्यो? सानैदेखि हेपाई सहन नसक्ने म, त्यो ठूलोबडा भनौदालाई पनि प्रश्न गर्थेँ। ‘आफूभन्दा ठूलो मान्छेलाई दमेना भन्ने हो? तिमी भन्ने हो?’

मेरो कुरा हाँसेरै उडाइडिन्थे। हजुरआमा पनि, त्यो ठूलो मान्छे पनि। सायद कलिलो दिमागी सोचले होला, रमाइलो पनि लाग्थ्यो। खेल्न गएको बेला अरु जातका केटाकेटीले खानेकुरा ल्याएका छन् भने जानीजानी छोइदिन्थेँ। उनीहरूले ती सबै खानेकुरा हामीलाई नै दिन्थे।

जब ११ वर्षको भएँ तब बाबाले धनकुटा लिएर आउनु भयो। अनि सुरु भयो मेरो असली भोगाइ। नाम-थर सबै फरक, त्यति मात्र कहाँ हो र, सबैले गर्ने व्यवहार नै फरक।

कोठा भाडामा बसेपनि पानी सार्वजनिक धाराकै पिउथ्यौँ। छिमेकीहरु राई, लिम्बू र मगर जातिका थिए। त्यसो त पानी भर्न ममी नै जानु हुन्थ्यो तर कहिले कहिले गाग्री राख्न जाँदा यदि कोही छिमेकी आन्टीहरु छन् भने ‘उता जा, पर जा, या छोइएला’ भन्ने शब्दहरूले मन साह्रै दुख्थ्यो।

सोच्थेँ, यदि छोइयो भने हुन्छ चाहिँ के? कति चोटि त भरेको पानी धारामा छ भने कसैले नदेख्ने गरी छोएर भाग्थेँ र विचार गर्थेँ केही हुन्छ कि! तर कहिले केही भएन। बाबा विदेशमा काम गर्नु हुन्थ्यो। २/३ सालमा छुट्टीमा आउनु हुन्थ्यो। विदेशी रक्सी आउँथ्यो घरमा। त्यही आन्टीहरु रातिको अधेरोमा आएर रक्सी खाएर जान्थे अनि मलाई लाग्थ्यो, रक्सी छोइदैन रैछ।

सानोमा त मन्दिर जान पनि खुब रमाइलो लाग्ने। शनिबार शनिबार भाइलाई लिएर निशान भगवतीको मन्दिर जान्थेँ। केटी मान्छेलाई त भित्र पसेर पूजा गर्न अनुमति थिएन तर केटा मान्छे जान पाउथे। सानो ठाउँ सबैले सबैलाई चिनेकै हुन्छन्। मेरो भाइलाई भित्र छिर्न दिँदैन थिए। त्यसपछि भाइ मन्दिर जान मन गर्न छोड्यो। विस्तारै ऊ त इसाई धर्मलाई अंगाल्न पुग्यो किनकि ती भगवानको लागि सबै समान थिए। यसरी नै बाल्यकाल बित्यो।

छिमेकीले आफ्नो आँगन बाहेक कहिल्यै सिकवासम्म टेक्ने अनुमति दिएनन्। अनि हामीले पनि त्यसैलाई आफ्नो सिमाना सम्झिएर स्वीकार्यौं। ब्याचलर्स पहिलो वर्ष पढाइ गर्दै थिएँ। धनकुटा एफएममा २/३ वटा कार्यक्रम चलाउँथेँ। त्योबेला धनकुटा मा ३/४ वटा मात्रै स्कुटर आएको थियो। त्यसमध्ये एक मेरो।

स्कुटी किनेको भोलिपल्टकै कुरा हो, बजारमा मेरो काकाकाकीको सिलाई पसल छ। त्यही पसलछेउ अर्को पनि सिलाई पसल थियो जुन राई थरको दिदीले चलाउथिन्। काकीलाई स्कुटी देखाएर फर्किने क्रममा त्यो अर्को पसलको ग्राहकले ती दिदीलाई ‘भरे घर आउँदा मेरो लुगा सकाएर ल्याइदिनु’ भन्दै थिइन्।

अनि त्यो दिदीले ‘म दमिनी हुँ र घर घर लुगा पुर्यौन!’ भनेको सुनेँ। मैले प्रतिप्रश्न गरेँ, ‘दमिनीहरूले घरमा पुर्याउन जान्छन् र दिदी? तपाई पनि दमाईंकै काम गरेर खाइराख्नू भाको छु।’ यतिमै उनी भित्रबाट तथानाम गाली गलौच गर्दै बाहिर आइन्। उनले भनेको शब्द, ‘तँ आज स्कुटी चढेर हिँडिस् भन्दैमा तँ दमिनी हैनस्?’

म सुन्न नसक्ने भएँ किनभने उनको जस्तो गाली मलाई गर्न आउदैन थियो। मलाई एकदम बेजत महशुस भयो। म त्यहाँबाट एफएम स्टेशन गएँ र सोच्न थालेँ। म जतिको मान्छेलाई त पूरा बजारमा कसैले जातीयता कै आधारमा यस्तो गर्न सक्छ भने अरुको त के गर्लान्!

मैले केही त गर्नै पर्छ। मैले प्रहरी चौकी गएर उजुरी दिएँ। इन्स्पेक्टर आफ्नै मान्छे भएको कारण तिनीहरुलाई समातेर पनि ल्यायो। त्यसमा पनि सबै प्रहरीहरूको आँखा अगाडि ममाथि हातपात समेत भयो। दुई दिनपछि मेरो परीक्षा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *