शिक्षा राम्रो हुन शिक्षक पनि राम्रो हुनुपर्यो : प्रधानमन्त्री ओली

समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् । राजधानीमा बिहीबार गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताए ।

प्रधानमन्त्री ओलीले शिक्षा राम्रो हुनका लागि शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै शिक्षा विकासको आधार भएको सुनाए । प्रधानमन्त्री ओलीले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजीए पनि खासै परिवर्तन नभएको उल्लेख गर्दै प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको बताए । मेलम्चि खानेपानीको सपलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको उनको भनाइ छ ।

उनले बाटो, ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अधि बढाउनुपर्ने बताए । निर्माणका कुरामा इतिहास झलकिने र आधुनिकता टल्कने हुने पर्ने बताउदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरिएको प्रधानमन्त्री ओलीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *