उपचार गर्न अस्पताल जाँदै गर्दा दु’र्घटनामा परी डाक्टर बुवा र नर्स छोरीको मृ’त्यु

समाचार

विराटनगर । कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका १ स्थित शान्ति चोकमा भएको सवारी दु’र्घटनामा परेर डाक्टर र नर्स रहेका एउटै परिवारका बाबु छोरीको मृ’त्यु भएको छ ।सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बूढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको मृ’त्यु भएको हो ।शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जलीकुमारी न्युरो अस्पतालकी स्टाफ नर्स हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार उनीहरु को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै थिए । मोटरसाइकल बुवा शुवालालले चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *