सुपादेउराली दर्शन गरि फर्कदै गरेको जीप ढिकुरामा दुर्घट्ना, ७ जना घाइते (घाइतेको विवरण सहित)

समाचार

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं- ९ ढिकुरामा जीप दुर्घट्ना हुँदा ७ जना घाइते भएका छन् ।

ऐरावती ५ प्युठानबाट १० जना यात्रु बोकेर अर्घाखाँचीको सुपादेउराली दर्शन गरि फर्कदै गरेको लु १ ज १६५४ नम्बरको जीप भुमिकास्थान ९ ढिकुरा वार्ड कार्यालय नजिकै दुर्घटना हुदा ७ जना घाईते भएका हुन् ।

घाईते हुनेमा प्युठान ऐरावती ५ का ४५ बर्षिय साबित्रा श्रेष्ठ,१५ बर्षिय बिकाश पाठक, ५४ बर्षिय बुद्धि श्रेष्ठ,२८ बर्षिय सुस्मा घर्ती क्षेत्री ,१९ बर्षिय सपना जिसी , ७५ बर्षिय पार्वता श्रेष्ठ र १० बर्षिय जेनिस रायमाझी रहेका छन् । घाईतेहरूलाई उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुजन शाहाले बताए । सकुशल सवार ३ जना भने घर फर्किसकेको बताईएको छ ।

गुडिरहेको जिपको तेलको पाईप फुट्दा ईन्जिनले काम गर्न छोडेपछी सडकमै जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनापछि करिव साढे २ घण्टा अवरुद्ध भएको नरपानी नुवाकोट सडक खण्ड संचालन गर्न सडकमा रहेको जिप अन्यत्र सार्ने तयारी भैरहेको स्थानिय समाजसेवी मोती भट्टराईले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *