दुबईमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु, शव नेपालमा आइपुग्दा परिवार र सिङ्गो बजार नरुने कोहि भएन

समाचार

परिवारका लागि खुसी खोज्दै युएई पुगेका बाँके नेपालगन्ज उपमहानवरपालिका राँझा निवासी चन्द्र मल्लले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । १५ दिन अघि भएको घटनामा ज्यान गुमाएका मल्लको शव शनिवार नेपाल आइपुगेको छ ।उनको आज नै अन्तिम संस्कार गरिएको छ । जन्मघर दैलेख भएपनि केही वर्ष देखि राँझामा वसाई सरेका मल्ल १५ वर्ष अघि वैदेशिक रोजगारीका लागि युएइ पुगेका थिए । उनको त्यहाँ सवारी दुर्घटनामा ज्यान गएको उनका संगै रुममा बस्ने साथी हर्क चन्दले जनाएका छन् ।चन्दले एक स्टाटस लेख्दै उनले घटनाबारे जानकारी गराएका छन् भने दुख ब्यक्त गर्दै परिवारलाई समवेदन भनेका छन् । उनीसंगै एउटै कम्पनीमा काम गर्ने तथा नातेदारले फेसवुक मार्फत घटनाको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *