सल्यानमा भिर बाट लडेर 48 वार्षिय भिम बहादुरको निधन । पुरा पढनुहोस

समाचार

#अत्यन्त_दुखद_खबर #rip
सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडानं ४ भेरीखोर नीबासी ४८बर्षिय भिम बहादुर वली को भिरबाट खसेर मृत्यु भएको छ। उनि चैत्र २१गते आफ्नो साइँलो भाई हरिप्रसाद वली को पाली छुवाउनको लागि चाख्ले गएको रहेछन्। सांझ करीब ६ बजे आफ्नो घर फर्किएको र सोही क्रममा जिम जनप्रेम समुदायक वनको झाँक्री सल्ला भन्ने भिर बाट खसेको थिए। बुवा घर किन आयन्न भनि १२बर्षिय छोरी अमृता वली अंकलको घरमा पुगदा खोजदैआउदा चैत्र २२गते बिहान ९बजे मृत अवस्थामा फेला पारेको थिए। निजको आजै इलाका प्रहरी कार्यालय लुहाम बाट प्रहरी निरीक्षक श्याम प्रशाद यादव को नेतृत्वमा प्रहरी टोली घटनास्थल मा पुगि घटना मुचुल्का गरी पोस्टमार्टम को लागि जिल्ला अस्पताल सल्यानमा पठाईएकोछ। निजका १२ बर्ष की छोरी अमृता वली ११ वर्ष को छोरा मोहन वली, ८बर्ष को छोरा तिलक वली र ५बर्ष की छोरी जानकी वली गरी ४ जना छोरा छोरी रहेका छन्। भने ति बालबालिका हरू को आमा को विगत २बर्ष अगाडि मृत्यु भईसकेको रहेछ। पारिवारिक आर्थिक समस्या र बिकटको बस्ती को कारण ति टुहुरा र अनाथ बालबालिका संरक्षण मा निकै समस्या उत्पन्न भएको छ। सथै मृतक भिम बहादुर को दाहसंस्कार भोलि १२ बजे दुमैई खोला घाटामा हुने सबैमा जानकारी गराउन चाहन्छु। साथै ति अनाथ बालबालिका हरू को शिक्षा, स्वास्थ्य, र खानपान को लागि छत्रेश्वरी गाउँपालिका का साथै
सरकारी तथा गैरसरकारी संघ संस्था लाई सहयोग का लागि बिनम्र अनुरोध गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *