के पि ओलिलाई ठेगान म लगाउछु । भिम रावल

समाचार

नेकपा एमाले खनाल-नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने बताएका छन् । मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश स्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री ओली नै रहेको बताएका हुन् ।
उनले पार्टी विधानलाई उल्लङ्घन गर्दै ओलीले आफ्नो गुटको भेला बोलाएर आफू अनुकुल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाए । ओलीले कारवाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै उनले ओलीको निरंकुशताविरुद्धको प्रवृत्तिलाई छिट्टै किनारा लगाएरै छाड्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *