एमसीसी अगाडि बढाउँदा प्रधानमन्त्रीलाई अनुकूल

समाचार

३१ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमाले केपी शर्मा ओली पक्षले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदको जारी अधिवेशनबाट अनुमोदन गर्न चाहेको छ ।

प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरु केही दिनयता एमसीसीलाई अगाडि बढाउने माहौल बनाउन लागिपरेका छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार सरकारको ‘पोजिसन’ एमसीसी जतिसक्दो छिटो पास होस् भन्ने हो । आफूहरुको प्रस्ताव आउँदो बैठक (वैशाख ७ गते) को एजेण्डा एमसीसी बनाए हुन्छ भन्ने रहेको पनि उनले बताए ।

‘एमसीसी सभामुख कृष्णबहादुर महराको पालादेखि संसदमा छ । पहिलेका र अहिलेका सभामुखले एमसीसी अघि बढाउन चाहेनन् । कार्यव्यवस्था परामर्श समितिमा यो विषयमा धेरै पटक कुरा उठेको छ,’ उनी भन्छन्, ‘एमसीसी संसदमा दर्ता गरेको अनुमोदनका लागि हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *