भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई दिए सेवा !(भिडियो सहित हेर्नुहोस

समाचार

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला भारत भ्रमणमा छन् । उनी अहिले हरिद्वार महाकुम्भको निम्तो मान्न भारत पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले मंगलवार महाकुम्भ मेलामा शाही स्थान गरेका छन् । उनलाई मंगलवार पनि शाही स्नानका लागि लैजाँदा रथारोहण गरिएको थियो । उनलाई भारतमा राजाकै हैसियतमा भब्य स्वागत र सम्मान गरिएको छ । विभिन्न धार्मीक स्थलको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र आइतवार हरिद्वार पुगेका छन्।कोरोना महामारीका बीच भएको महाकुम्भ मेलामा लाखौं नागरिक जम्मा भएका छन,

भारतमा भएका पूर्वराजा ज्ञानेन्द्र शाहको बाबा रामदेवसंग तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा बाबा रामदेवले गाडी चलाएको र पूर्वराजा ज्ञानेन्द्र अगाडीको सिटमा बसेको देख्न सकिन्छ । एउटै गाडीमा अन्य साधुहरु उनीहरुका पछाडीको सिटमा बसेको देखिएको छ । पूर्वराजा ज्ञानेन्द्रले भारतमा त्यहाँका ऋषीमुनीहरुसंग पनि भेटघाट गरेका छन् ।त्यहाँ उनलाई निरञ्जनी अखडाका सन्तहरुले भव्य स्वागत गरेको भारतीय मिडियाले जनाएका छन्। निरञ्जन पीठाधीश्वार कैलाशानन्द गिरीको निमन्त्रणामा भारत गएका उनले हरिद्वारस्थित दक्षिणकाली मन्दिरमा पूजा अर्चना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *