काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

समाचार

२ वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा
अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो ।

नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भक्तपुरको राधेराधे नजिक बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाह ठकुरीको मृत्यु भएको छ । बुधबार राति पौने १० बजेतिर सडक किनारको रेलिङमा ठोक्किएर मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पछाडि सवार ठकुरीको मृत्यु भएको हो । उनको थिमिस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी पाँचथरको याङ्बरक गाउँपालिका १ मा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे प्रदेश १-०१-००१ त ८९६७ नम्बरको ट्याक्टरबाट खसेर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको मृत्यु भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *