मोटरसाइकल दुर्घटनामा डा. अधिकारी र बुवाको निधन

समाचार

काठमाडौं । धादिङमा मोटरसाइकल दुर्घटनामा परि कोभिड अस्पतालमा कार्यरत ३० वर्षका डाक्टर सुरेश अधिकारीको निधन भएको छ।

धादिङबाट काठमाडौंतर्फ आउदै गरेको डा. अधिकारी सवार प्र ३-०२-००९ प ८२३० नम्वरको मोटरसाइकल धुनीबेंसी नगपालिका खानीखोलामा विपरीत दिशाबाट आएको ना १ क ६५४७ नम्वरको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा डा. अधिकारी र उहाँको बुवा ६० वर्षका बलराम अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *