भारतमा राजा बन्न गएका ज्ञानेन्द्रलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ – आङकाजी शेर्पा

समाचार

जनता समाजवादि पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् ।

नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन ।

भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *