२४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित, १५७ निको, ५ को मृत्यु

समाचार

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार ५८८ परीक्षणबाट बिहीबार ४९० जना संक्रमित फेला परेको हो । त्यस्तै ५ सय ६४ एन्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ५३४ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
२४ घण्टामा १५७ डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ । हाल आइसोलेसनमा ४ हजार ३८४ र क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *