नयाँ वर्षको दिन मात्र फुल्ने ‘फूल’

समाचार

नयाँ वर्षमा एक व्यक्तिले अर्कोलाई शुभकामना दिनु नौलो होइन । तर, मिथिलामा विक्रम संवत्को नववर्षमा प्रकृति स्वयंले शुभकामना दिने गर्छ । प्रत्येक वर्ष बैसाख १ गते लहान नगरपालिका स्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको शुभकामना मान्छन्, मिथिलावासी ।

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ । स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ । यसपाली पनि कोरोनाको बेवास्ता गर्दै मेला लाग्यो ।

लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रुखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ । यस फूवारीको असंख्य रुख मध्ये मालिनी मन्दिर दक्षिण टासिएको हारमको दुईवटा रुखमा प्रत्यो नयाँ वर्षकम माला आकृत फूल फुल्छ ।

यसै फूलको अवलोकन गर्न लमिथिलावासीको मन फूलवारीमा तानिन्छ । सलहेसको गाथासंग जोडिएको माला आकृति फूल ‘सुनाखरी’ को विशेष प्रजाति भएको वन तथा वातावरण विज्ञ बताउँछन् । मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो ।

दशौं पुस्ताका पुजारी धामी भन्छन्, सुरुवात देखि जुन रुखमा यो फूल फुल्यो अहिलेसम्म उही रुखमा उस्तै स्वरुपमा फुल्दै आएकोे छ ।’ अरु फूल मुर्झाएर तिनका पात भुईमा झर्छन तर, यो फूलको एउटै पत्र भुइंमा नझर्ने पुजारी धामी बताउँछन् । फूलवारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न मिथिलाअञ्चल, पुर्वी तराई र विहार र देशभित्रका अन्य जिल्लाबाट श्रद्धालु आउँने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *