सरकार ढाल्ने खेल भयो, सबै जनता प्रतिवादमा उत्रौैँ : उपप्रधानमन्त्री पोखरेल

समाचार

उहाँले भन्नुभयो, ‘बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम शुरू भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सिर्जना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू देखा पर्न खोज्दैछ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ ।’

 

सही कुराको पक्षमा गलत कुराको विरुद्धमा सबै जनताले खबरदारी गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । ‘यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्तता सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन,’ उहाँले भन्नुभयो, ‘सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्‍यो भने जनताले पुरस्कृत गर्छन्, राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *