सभामुख छाड्न तयार छु तर MCC पास हुन दिन्न : सभामुख सापकोटा

समाचार

सभामुख छाड्न तयार छु तर MCC पास हुन दिन्न : सभामुख सापकोटा

सुदर्शन खबर

Ads by AdMana.net

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको

पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु।

म जतिबेला जिम्मेवारीमा रहन्छु,मैले खाएको शपथअनुसार देश र जनताको पक्षमा निरन्तर लाग्छु।’

देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने बताए।

उनले भने, ‘देश र जनताको लागि कुनै कुराको त्याग र जोखिम उठाउन तयार छु।

मलाई कसैले रोक्न सक्दैन। म त्यस्तो कुराको वास्ता गर्दिनँ। आफ्नो ढंगले काम गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *