काेराेना सङ्क्रमणबाट भेरीमा भर्ना भएको ४० मिनेटमै मृत्यु

समाचार

नेपालगन्ज: कोराना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँके खजुरा २ का ३३ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।सोमबार पीसीआर परीक्षण गर्दा मंगलबार अर्थात आज कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
दिउँसो २ बजे उपचारका लागि भर्ना भएका उहाँको दिउँसो २:४० बजे नै मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *