एमसीसी नेपालको हितमा छ जसरि नि पास गर्नुपर्छ : डिला संग्रौला

दुखत खबर

कांग्रेस नेतृ डिला संग्रौलाले एमसीसी नेपालको हितमा आएको परियोजना भएकोले पास गर्नुपर्ने बताएकी छिन् । उनले केपी शर्मा ओली सरकारको विकल्पमा कांग्रेसले नेतृत्व लिने र विकास निर्माणको गति बढाउन एमसीसी पास गर्ने कांग्रेसको योजना रहेको बताइन् ।
आइतबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार अन्तरक्रियामा संग्रौलाले एमसीसी पास गर्ने र संविधानलाई मूलधारमा ल्याउने काममा कांग्रेस नेतृत्व चाहिएको दाबी गरिन् । ‘ओली सरकार अर्कमण्यताको पर्याय भएको भन्दै जे मन लाग्यो त्यही गर्ने स्वेच्छाचारी र अधिनायक सरकारको विकल्प दिन कांग्रेसले तयारी गरेको हो,’
उनले भनिन्, ‘एक्लै सरकार बनाउने संख्या नभएकोले माओवादी र जनता समाजवादीसँग छलफल भइरहेको छ ।’ केन्द्रीय समिति बैठकले पनि एमसीसी पास गर्ने शर्तमै सरकारमा जाने म्याडेण्ड दिएको उनले बताइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *