ब्राजिलमा कोराेनाबाट २४ घन्टामै ३४ सयको मृत्यु, भयानक तनाव !

समाचार

ब्राजिलमा कोराेनाबाट २४ घन्टामै ३४ सयको मृत्यु, भयानक तनाव !
९ बैशाख २०७८, बिहीबार
एजेन्सी । ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को सङ्क्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।

भयानक तनाव खेप्नुपर्याे

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड– १९ को भयानक तनाव खेप्नुपरेको समाचारमा जनाइएको छ । यस तनावका कारण यहाँका नागरिकमा जन-स्वास्थ्यसम्बन्धी सुविधा पु¥याउन नै समस्या भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९० हजारभन्दा पनि बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *