मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमुले दिइन् बालिकालाई चेतावनी्, ‘एउटा मात्र प्रमाण ल्याउ मेरो श्रीमानलाई मै जेल लैजान्छु’

समाचार

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानलाई श्रीमान दावी गर्दै आएकी बालिका खड्कालाई एउटा मात्र प्रमाण देखाउन चेतावनी दिएकी छन् । उनले आफ्ना श्रीमानको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै कडा विरोध गरेकी छन्। शेरधनलाई श्रीमान दावी गर्दै आएकी बालिकाले विहिवार पार्टी मुख्यालयमा राईलाई गा ली गरेको भिडियो सार्वजनिक भएपछि शेर्पाले यस्तो चेतावनी दिएकी हुन् ।आफूलाई प्रेममा धोका दिएको भन्दै बालिका खड्काले बिहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रहरीले उनको प्रयास असफल पारेको थियो। प्रहरीले पक्राउ गरेपछि बालिकाले शेरधनलाई सुन्नै नसकिने शब्द प्रयोग गर्दै गा ली गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *