भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक

समाचार

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् । त्यस्तै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा स्थगित गर्न र ५ सय बढी संक्रमित भएको ठाउँमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न र पाँच सयभन्दा बढी संक्रमित रहेको ठाउँमा निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *