अबको चुनावमा ५० लाख समानुपातिक मत र प्रत्यक्षमा बहुमत ल्याएर फेरि म प्रधानमन्त्री बन्छु: ओली

समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षसम्म जनतालाई ढाँटेर प्रचण्डले सत्ता र आसपासमा समय बिताएको आरो’प लगाएका छन्।
यतिबेला प्रचण्ड-नेपाल समूहका नेताहरु आत्तिरहेको बताउँदै उनले देश बनाउने उद्देश्य नबोकेका केही तत्वहरु पार्टीबाट बाहिरएको बताए। आफूलाई काम गर्नै नदिने वातावरण सिर्जना गरेकोले संसद विघटन गरेर चुनावमा जान लागेको स्पष्ट पारे। बुटवलमा शनिबार ओली समूहको सभालाई सम्बोधन गर्दै उनले कठैबरा भन्नुपर्ने किसिमका मानिस पार्टीबाट नबाहरिएकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
ओलीले भने, ‘पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, पार्टीलाई अनुशासनहीन र आचरणहीन देखाउने, गुटबन्दीलाई बढावा दिनेहरु बाहिरएका हुन्।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *