अर्थतन्त्र भन्दा ठूलो जनताको स्वास्थ्य हुन सक्दैन : प्रवक्ता प्रदीप ज्ञवाली पुरा पढनुहोस

समाचार

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले देशको अर्थतन्त्रभन्दा ठूलो जनताको स्वास्थ्य नभएको बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजनक कमिटीको तेस्रो बैठकको समापन कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।

आइतबार (हिजो) सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बसेको छ । उक्त बैठकमा विशेषतः देशभर कोभिड–१९ संक्रमण तथा उच्च जोखिम बढेकोले त्यसको रोकथाम तथा न्यूनीकरणका लागि छलफल भएको ज्ञवाली बताए । गत वर्ष झन्डै ९ महिना लकडाउन भएकै कारण अर्थतन्त्र धरासायी भएको छ ।

यसका कारण देशको अर्थतन्त्र माथि उठ्न नसकेको भन्दै प्रवक्ता ज्ञवालीले अब उप्रान्त लकडाउन नहुने बताएका छन् । लकडाउनकै कारण अर्थतन्त्र धरासायी भएको छ । जसको प्रभावका कारण लकडाउन हुँदैन । कोभिडबाट जोगिनका लागि नागरिक आफै सचेत हुन जरुरी छ । किनकि अर्थतन्त्रभन्दा जनताको स्वास्थ्य ठूलो हुन नसक्ने उनले बताए । छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकमा पनि कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट तीब्र गतिमा फैलिएको छ । ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *