बिहीबारदेखि अस्पताल र मलामी जान पनि सवारी पास चाहिने

समाचार

आगामी बिहीबारदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालन गर्न अनुमति लिनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा सरकारी कार्यालय र सार्वजनिक सेवा प्रदायक संस्थाले समेत सवारी पास लिनुपर्ने भएको छ। यस्ता कार्यालयले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास चाहिने उल्लेख छ।विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *