सल्यानमा ११ वर्षकी केटीलाइ १४ वर्षका केटाले भगाए, त्यसपछि…

समाचार

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका स्थित ११ वर्षीया केटि र १४ वर्षका केटाले स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्थे ।

एउटै कक्षामा पढ्दापढ्दै उनिहरुबीच माया बस्याे । यहि बैशाख १३ गते केटाले केटीलाइ भगाएर आफ्नाे घरमा भित्र्याउने निधाे गरे ।

केटिकाे घरमा खाना खाएर परिवार सुतिसकेकाे अवस्थामा केटाले केटिलाइ भगाएर आफ्नाे घरमा ल्याए । उनिहरु एउटै गाउँका हुन् । बिहानै केटिकाे बुबाले थाहा पाएपछि केटाकाे घरमा गएर छाेरी फिर्ता ल्याए ।

कक्षा ६ मा पढ्दै गर्दा छोरीलाइ भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध अहिले बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरीले ति १३ वर्षका बालक र बालकका बुवालाइ पक्राउ गरेको छ ।

बाल विवाह संगै बला’त्कार समेत भएको भएको भनेर जाहेरी आएकाले सोही अनुसार मुद्धा प्रकृया अगाडी बढाउने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए । प्रहरी समक्ष केटाले राती आफुहरु सँगै सुतेकाे बयान दिएकाेले जवरजस्तीकरणीकाे मुद्दा चल्ने प्रहरीले जनाएकाे छ ।घटनामा केटाकाे भाउजूले पनि दुवैलाइ टिका लगाएर घर भित्र्याएकाले भाउजूमाथी पनि अनुसन्धान गर्ने प्रहरीले जनाएकाे छ । बालिकाको स्वास्थ्य परिक्षण बैशाख १४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरेर घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।अहिले बालकलाइ प्रहरीकाे निगरानीमा जिल्ला प्रहरी कार्यालयकाे बालकक्षमा राखिएकाे र बालककाे बुबाकाे घटनामा खास भुमिका नदेखिएकाेले आवश्यक प्रकृयामा छाेड्ने तयारी भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *