दुःखद खबर रुखबाट लडेर एक महिलाको मृत्यु !

समाचार

धनगढी: कञ्चनपुरमा घाँस काट्न गएकी महिलाको रुखबाट लडेर मृत्यु भएको छ। बिहीबार गाईवस्तुका लागि घाँस काट्न गएकी भीमदत्त नगरपालिकाका -८ की अन्दाजी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक नीराको टाउकोमा चोट लगेको थियो भने उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पठाइएको प्रहरीले बताएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *