दाङमा एकै दिन दिदी-बहिनीको मृत्यु, मनमा मायाँ भए RIP लेख्नु होला !

समाचार

बैशाख १२, दाङ ।

दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाका कारण मृ’त्यु भएको छ । जिल्लाकाे राजपुर गाउँपालिका वडा नं. ६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको एकै
दिन मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकै दिन मृ’त्यु भएको बताए।

‘शनिबार बेलुका स्थानीय खोलाबाट माछा मारी पकाएर खाएपछि उनीहरूलाई पाखाला सुरू भएको र उपचारका क्रममा दुई दिदीबहिनीको मृ’त्यु भएको भन्ने कुरा बुवा प्रेमले
प्रहरीसमक्ष जानकारी दिनुभएको छ,’ भट्टले भने, ‘अहिले दुबै दिदीबहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।’

प्रहरी निरीक्षक भट्टका अनुसार दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रिताको बिहान ६ बजेतिर स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृ’त्यु भएको थियो।

राजपुर गाउँपालिका नेपाल-भारत सीमा नाका क्षेत्रमा पर्छ । राजपुर वनजंगलभित्रको विकट ठाउँ रहेकाले त्यहाँबाट लमहीमा उपचारको लागि ल्याउन निकै कठिन छ।

भारतीय सरकारले स्थानीय निकायको निर्वाचनका कारण आइतबार र सोमबार दुई दिन सीमा सिल गरेकाले दुबैलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान नपाइएको परिवारलाई
उद्धृत गर्दै प्रहरी निरीक्षक भट्टले बताए।

 प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

याे समचार पनि पढ्नुहोस् : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन आयोगका १३ जना सदस्यले शुक्रबार सार्वजनिक गरेका छन् । दुई वर्षअघि बनाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि सदस्यहरूले आफैँ सार्वजनिक गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको २५ सदस्यीय आयोगले २०७५ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्रधानमन्त्री कार्यालय पुगेर थन्किएको छ । सरकारले सार्वजनिक नगरेपछि प्रतिवेदन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल)ले प्रकाशन गरेको छ । आयोगका २५ मध्ये १३ जना सदस्यले सार्वजनिकीकरण विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । प्रतिवेदन सार्वजनिकबारे आयोगका सदस्य डा. विद्यानाथ कोइरालासँग हामीले कुराकानी गरेका छौँ : प्रतिवेदन तपाईँहरूले नै सार्वजनिक गर्नुपर्ने स्थिति किन आयो ? सरकारले गर्नुपर्ने हाे, गरेन । एक वर्ष नाै महिना बित्यो तर सरकारले गर्न चाहेन । सायद सरकारसँग पैसा भएन । त्यसैैले हामीले नै सार्वजनिक गरेका हौँ । तपाईँहरूले सार्वजनिक गर्न मिल्छ त ? हामीले सार्वजनिक गर्नु बेइमानी हो भने स्वीकार गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *