को’रोनालाई जित्न थाले बाँकेका सं’क्रमित, दुई दिनमै २३१ जना निको भए

समाचार

तिव्र गतिमा फैलिएको को’रोना भाइरस संक्र’मणले यतिबेला बाँकेमा त्रा’स फैलाइरहेकोछ ।

कोरोना सं’क्रमण नि’यन्त्रणका लागि बाँके प्रशासनले जिल्लाभरी निषेधाज्ञा लगाएकोछ । स्वास्थ्य सम्बन्धि उच्च सर्तकता अपनाउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह समेत गरिरहेकोछ ।

कोरोना सं’क्रमित र मृ’तकको संख्या दिनहुँ बढिरहेको अवस्थामा पछिल्लो दुई दिनदेखि ठूलो मात्रामा बाँकेमा उपचाररत कोरोना सं’क्रमितले को’रोनालाई परास्त पारिरहेकाछन् ।

तिव्ररुपमा फैलिएको को’रोना भा’इरस सं’क्रमण र संक्रमितको मृ’त्युको खबरकाबीच बाँकेमा यो सुखद खबर हो । त्यसो त सं’क्रमित भएपछि मृ’त्यु नै हुन्छकी भन्दै त्र’सित बनेका को’रोना सं’क्रमितहरुको ठूलो संख्याले केही दिनयता को’रोनामाथि विजय हाँसिल गरिरहेकाछन् ।

यहीबीच दुईदिनमै बाँकेमा उपचाररत २३१ जना सं’क्रमितले को’रोनालाई हराएका छन् ।

जिल्ला कोभिड –१९ सं’कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा उपचाररत यी १०६ जना कोरोना सं’क्रमितले को’रोनालाई परास्त पारि घर फर्केका हुन् ।

जसमा बाँकेका ५० महिला र ५६ पुरुष गरि जम्मा १०६ जना सं’क्रमितले कोरोनालाई हराएका छन् ।

यसअघि, हिजो सोमबार मात्रै बाँकेकी एक ७ वर्षीया बालिका र ७५ वर्षीया बृद्धासहित १२५ जनाले को’रोना जितेर घर फर्किसकेकाछन् ।

केन्द्रको यो तथ्यांक हेर्दा वैशाख १ गतेदेखी आईतबारसम्म ३०१ जनाले कोरोना जितेका थिए । भने सोमबार र मङ्गलबार दुईदिनमै २३१ जनाले कोरोना जित्दा मङ्गलबार बेलुकासम्म ५३२ जनाले कोरोना जितेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *