पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु

समाचार

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्या’पेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्या’पेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong>

 

सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट ख’सेर च्या’पिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए ।<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong>

 

बोगटीको च्या’पिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong>

Leave a Reply

Your email address will not be published. Required fields are marked *