एउटै कोखका ६ छोरी पीएचडी प्राप्त वैज्ञानिक; अमेरिका, अष्ट्रेलियामा सरकारी जागिर

समाचार

छोरीहरू बोझ हुन भन्ने मान्यता रहेको छ । तर ढुक्क हुनु भए हुन्छ छोरीहरु कहिल्लै तपाईंका लागि बोझ हुँदैनन् । छोरीहरुलाई पनि छोरालाई झैं पढ्ने, लेख्ने र अगाडि बढ्ने मौका दिनुहोस्, त्यसपछि हेर्नुहोस् कि शिक्षा र कडा परिश्रमले तपाईंको छोरीले सफलताको नयाँ कथा लेख्न समय लगाउने छैनन् ।

आज हामी त्यस्तै एक परिवारका बारेमा चर्चा गर्न गइरहेका छौँ । यसको एउटा उदाहरण जगदेव दहियाको परिवार हो । भारत, हरियाणाको सोनीपत जिल्लाको मदना गाउँ निवासी जगदेव दहियाकी छ छोरीहरू छन् । सबैको हातमा पीएचडी डिग्री छ । सबै छोरीहरु वैज्ञानिकहरू हुन् । ६ जना छोरी मध्ये ५ जनाले सरकारी जागिर खाइरहेका छन् । तीमध्ये चार छोरी क्यानाडा र संयुक्त राज्य अमेरिकामा कार्यरत छन् ।

 

वन इन्डिया हिन्दीसँग कुरा गर्दै जगदेव दहियाले आफु हरियाणा शिक्षा विभागमा कार्यरत भएको जानकारी गराएका छन् । उनी सन् २००६ मा प्रधानाध्यापकको रूपमा सेवानिवृत्त भएका हुन् । जगदेव र उनकी श्रीमती ओमवतीका छ छोरी र एक छोरा छन् । उनीहरुले आफ्ना सबै ७ बच्चाहरूलाई सिकाउने र शिक्षा दिने निर्णय गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *