बैतडी दुर्घटना :६ जना बचाउने एक–डेढ मिनेटको प्रयास असफलः न आफु बचे न यात्रु बचाउन सके

समाचार

बैतडी: जिल्लामा भएका चालकहरुमध्ये अनुभवि गाडीचालक हुन् तेजबहादुर बोहरा !

तर ०७८ साल बैशाख २२ गते दिउसो २ : ४५ बजे उनको अनुभवले काम गरेन, न उनको गाडीको ब्रेक र गियरले उनलाई साथ दियो । उनका लागि बैशाख २२ दिउसो २ः४५ को समयनै अन्तिम बन्यो ।

अनुभवि तेजबहादुर न आफु बचे न आफ्नो गाडीका यात्रुहरुलाई बचाउन सके !प्रतक्षदर्शी र यात्रुको चिच्याहट उनको कानमा परेको थियो, ए !

ब्रेक लगाउ– ब्रक लगाउ !, उनले ब्रेक पनि लगाए, गाडी उठाउन खोजे एक–डेढ मिनेट खुबै प्रयास गरे तर पिकप नदिई गाडी गणमेश्वर नजिकैको मोडबाट पाँच सय मिटर तल खस्यो र रहेनन् उनि लगायत उनका अन्य पाँच यात्रु ।

रोडिदेवलबाट सदरमुकाम आउदा गणमेश्वर नजिक पुग्नै लाग्दाको साँघुरो अन्तिम मोडमा गाडी नमोडिएपछि बोहराले गाडी ब्याक गरेर मोडेन खोजेका थिए, ब्याक गरे तर गाडीले पिकप दिएन, नत ब्रेकनै लाग्यो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *