रुकुममा ९६ बर्षिय वृद्धले होम आइसोलेसन बाटै जिते कोरोना

समाचार

रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका वडा नं ९ हासिबाँङका ९६ बर्षिय वृद्धले कोरोनालाई जितेका छन् । स्थानीय वासिन्दा लिलाधर डाँगीले अस्पताल नगई होम आइसोलेसन बाटै कोरोना भाइरस जितेका हुन् ।

गत बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका डाँगीले घरमै बसेर कोरोना प्रास्त गरेका हुन् ।उनमा कोरोना भाइरसको सामान्य खालका लक्षण देखिएपछी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो।

विशेषगरि खानपिन,स्वास्थ्यमा हेरचाह र आत्मबल उच्च राखेमा कोरोना लाई सजिलैसँग जित्न सक्ने ९६ बर्षिय बृद्धले बताएका छन् । जिल्लामा पहिलोपटक सबैभन्दा बढी उमेरका वृद्धले कोरोना जितेसंगै कोरोना बच्न सबैभन्दा उपयोगी औसधि आत्मबल रहेको आकलन गर्नसकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *